प्रस, काठमाडौं, ५ चैत/

काठमाडौंको पेप्सिकोलास्थित बालवाटिका स्कूलको भगिनी संस्था बालवाटिका मन्टेश्वरी प्रि–स्कूलले अभिभावक दिवस हिजो शनिवार मनाएको छ ।

कार्यक्रममा प्रि–स्कूलका निर्देशक एवं बालवाटिका स्कूलका संस्थापक प्रधानाध्यापक रोशन सिंहले अभिभावकहरूप्रति आभार व्यक्त गर्दै बालबालिकाहरूको चौतर्फी विकासका लागि अध्ययन–अध्यापनमा विद्यालयबाहेक अभिभावकको पनि ठूलो भूमिका हुने बताए ।

उनले बालबालिकाहरूको शैक्षिकलगायत अतिरिक्त क्रियाकलापको विकासका लागि ससाना नानीबाबुहरूलाई हौसला उत्तिकै आवश्यक रहेको बताए ।

कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा विद्यालयका नानीबाबुहरूले गीत, सङ्गीत, नृत्यलगायत योग प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here