प्रस, वीरगंज, ५ चैत/

चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।

आइतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अखिल प्यानलसहित विजयी भएको छ । अखिलबाट अध्यक्षमा मनीषा चौधरी विजयी भएकी छन् । उनले ९१ मत प्राप्त गरी आफ्नो प्रतिद्वन्द्वी नेविसङ्घकी यामिनी खड्कालाई पराजित गरेकी छन् ।

यसैगरी, सचिवमा अखिलकै सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा अर्चना गुप्ता र सदस्यमा विवेक रणावत तथा मुन्ना श्रेष्ठ विजयी भएका छन् ।

आज भएको निर्वाचनमा कुल मतदातामध्ये दुईजनाबाहेक सबैले मतदान गरेको क्याम्पस प्रशासनले जनाएको छ ।

१५६ जना मतदाता रहेको वीरगंज नर्सिङ क्याम्पसमा निर्वाचनमा १५४ जना सहभागी भएका थिए । दुईजना बाहिर गएकाले सहभागी हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ ।

१४ वर्षपछि स्ववियुको निर्वाचन आज भएको हो । यसअघिको निर्वाचनमा यो क्याम्पसमा नेविसङ्घले जितेको थियो ।

स्थापनाकालदेखि अखिलले जित्दै आएको यो क्याम्पसमा गएको स्ववियु चुनावमा नेविसङ्घले एकपटक मात्र जितेको हो ।

वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा भने विवादका कारण स्ववियु निर्वाचन जेठ १३ गते सारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here