प्रस, वीरगंज, ४ चैत/
वीरगंज महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले चितवनको सौराहामा आयोजना गरेको तीन दिने आवासीय तालीम शनिवार सम्पन्न भएको छ ।
सञ्चारकर्मीहरूको दक्षता अभिवृद्धिको लागि आयोजित तालीममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा महेन्द्र विष्टले विकास पत्रकारिताको विविध विषयमा प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रम शाखा अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको र पूर्व केन्द्रीय सदस्य महेश दास, पत्रकार महेशचन्द्र गौतम, कृष्णउदास खनाल, विजय भण्डारी, मनोज पटेल, कविता खड्कालगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण उपाध्यक्ष युवराज खड्काले गरेका थिए ।