प्रस, वीरगंज, २१ फागुन/
यातायात व्यवस्था कार्यालय, लाइसेन्स वीरगंजमा सेवाग्राहीहरूलाई पुनः निश्शुल्क निरोगिता प्रमाणपत्र पाउन शुरू भएको छ ।
चालू आवको लागि डा साहिल पटेलले निश्शुल्क निरोगिता प्रमाणपत्र दिने गरी कार्यालयसँग सम्झौता गरेका थिए । उनले अध्ययनका लागि काठमाडौं जाँदा आफूले गर्ने कार्य डा राज पटेललाई सुम्पेका थिए ।
डा राज पटेलले यो कार्यलाई फागुन ८ गतेसम्म जारी राखेका थिए । तर सोही दिन यातायातका केही बिचौलियाहरूले उनलाई दुव्र्यवहार गरेर निश्शुल्क निरोगिता प्रमाणपत्र वितरणमा अवरोध सिर्जना गरेका थिए । बिचौलियाहरूको दुव्र्यवहारविरुद्ध डा राज पटेलले जिल्ला प्रहरी कार्यालय, पर्सामा लिखित उजूरी दिए । तर उनको उजूरीमा प्रहरीले चासो देखाएन ।
चासो नदेखाउनुको कारण बिचौलियातर्फबाट राजनीतिक दबाब र आर्थिक प्रलोभन थियो । चिकित्सकमाथि दुव्र्यवहार भएपछि यातायातले निरोगिता प्रमाणपत्र केही दिनको लागि रोकेको थियो । सो अवधिमा सेवाग्राहीहरूले बाहिरबाट महँगोमा निरोगिता प्रमाणपत्र बनाएर पेश गर्नुपरेको थियो । गत आवमा निरोगिता प्रमाणपत्रका लागि सेवाग्राहीले रु १५० तिर्नुपथ्र्यो । त्यस बेला लाइसेन्सको लागि फाराम खुल्दा दैनिक ६५ हजारसम्म आम्दानी हुन्थ्यो । लाइसेन्सको फाराम भर्न निरोगिता प्रमाणपत्र लिनेहरूको घुइँचो अहिलेसम्म लाग्ने गरेको छ ।
निरोगिता प्रमाणपत्र निश्शुल्क प्राप्त भएपनि प्रयोगशालामा भने शुल्क तिर्नुपर्छ ।
फागुन ८ गतेको घटनापछि केही दिनको लागि रोकिएको सेवा अहिले पुनः सुचारु भएको यातायात व्यवस्था कार्यालय, लाइसेन्स वीरगंजले जनाएको छ ।