क्वालालम्पुर,२१ फागुन/सिन्ह्वा

मलेशियामा बाढीका कारण शनिवारसम्म विभिन्न राज्यहरूमा ४० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । सबैभन्दा बढी जोहोर राज्यमा परेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जोहोरमा मात्रै ३७ हजारभन्दा बढी मानिसलाई बाढी राहत केन्द्रहरूमा सारिएको छ भने प्रायद्वीप मलेशियाको पहाङ, नेगेरी सेम्बिलन, मलाक्का राज्यहरूमा विस्थापितहरूको सङ्ख्या कम छ ।

बुधवार बाढीको पानीले बगाएको विश्वास गरिएको कारभित्र एक व्यक्ति मृत फेला परेपछि जोहोरमा पहिलो बाढीको मृत्यु रेकर्ड गरिएको थियो । त्यस बेलादेखि जोहोरको सेगामाट जिल्लाका प्रभारी प्रहरी अधिकारी अहमद जामरी मारिनसाहले थप दुईजनाको मृत्युको पुष्टि गरेका छन् । वृद्ध पीडितहरू उनीहरूको घरमा मृत फेला परेका उनले बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here