चिरञ्जीवी सापकोटा, ठोरी, २१ फागुन/

ठोरी गाउँपालिका–२ मा उज्यालो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । युथ फर चेन्जको आयोजनामा आइतवार ठोरीको गौतमनगरबाट उज्यालो अभियान सञ्चालन गरिएको हो । वडाध्यक्ष अमृतकृष्ण सापकोटाको रोहबरमा सडक पोलमा बत्ती जडान गरी उज्यालो कार्यक्रमको थालनी गरिएको युथ फर चेन्ज, ठोरीका अध्यक्ष छतेन्द्र आचार्यले बताए । उज्यालो अभियान अन्तर्गत पहिलो चरणमा आज ३५ वटा बत्ती जडान गरिएको र उक्त बत्ती हुलाकी सडकदेखि चोकबजार हुँदै मेलटोल चोकसम्मका ३५ वटा पोलमा बत्ती जडान गरिएको अध्यक्ष आचार्यले बताए ।

युथ फर चेन्जको आयोजनामा भोलि सोमवार होली मिलन समारोह  आयोजना हुने उनले बताए । ठोरीको चोकबजारमा साङ्गीतिक कार्यक्रमसहित होली विशेष कार्यक्रम सञ्चालन गरिने र कार्यक्रममा कलाकार निशान भट्टराईको प्रस्तुतिका साथै स्थानीय कलाकारहरूको सहभागिता हुने अध्यक्ष आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here