प्रस, सेढवा, २० फागुन/
पटेर्वासुगौली गाउँपालिका–४ वडा कार्यालय भवनको शनिवार शिलान्यास भएको छ ।
गापा अध्यक्ष दिनेशकुमार चौधरीले शिलान्यास गरेका हुन् । चालू आवको बजेटबाट ७० लाख लागतमा भवन निर्माण हुने बताइएको छ ।
यसैगरी जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकाको दोसाँधमा रहेको भलुवाही खोलामा उत्पन्न भएका भगवान सोमेश्वरनाथ मन्दिरको पनि शनिवार शिलान्यास भएको छ ।
मन्दिरको शिलान्यास पटेर्वासुगौली गापाका अध्यक्ष दिनेशकुमार चौधरीले गरेका थिए । कार्यक्रममा जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, पटेर्वासुगौली गापाका उपाध्यक्ष ममता महतोलगायतको सहभागिता थियो । मन्दिर निर्माण भक्तजनको चन्दा सहयोग र पालिकाको आर्थिक सहयोगबाट हुने बताइएको छ ।