प्रस, परवानीपुर, २० फागुन/
विश्व महिला दिवस वीरगंजमा मनाइएको छ । वीरगंजको गैरसरकारी संस्था इम्प्रुभिङ वीरगंजले होटल कैलाशको सभाहलमा सम्मान समारोह आयोजना गरी वीरगंजका विभिन्न क्षेत्रका २८ जना महिलाहरूलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा मधु राणा, उषा शाह, मीनाक्षी गुप्ता, निभा दास, कनिका कौशिक, रम्मी कौर, रम्भा मिश्र, मञ्जरी श्रेष्ठ, नूतन सरावगी, विश्वेश्वरी साह, कविता खड्का, प्रिया सिंह, सङ्गीता यादव, जिल्ला प्रहरी कार्यालय पर्सा, महिला सेलकी प्रनि मनीषा लौडारी, सशस्त्र प्रहरी पर्साकी प्रहरी निरीक्षक सङ्गीता केसीलगायत रहेका छन् ।
आयोजक संस्थाकी अध्यक्ष पिंकी साहको अध्यक्षता एवं वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका कोषाध्यक्ष सुरज गुप्ता, संस्थापक शरण गुप्ता, इजिइट्स प्रालिका सञ्चालक नीरज पटेल, आमाको छात्रावासका सुरज मुर्मुरलगायतको सहभागिता थियो ।