प्रस, वीरगंज, २० फागुन/
होलीको अवसरमा वीरगंज कपडा बैंकले निश्शुल्क कपडा वितरण गरेको छ ।
घण्टाघरमा बैंकको अध्यक्ष रम्भा मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा ८०० थान विभिन्न कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । उनले यो कार्यको लागि संस्थाका कोषाध्यक्ष राज साहले १०० थान टि–सर्ट सहयोग गरेका थिए ।
कार्यक्रममा संस्थाका संरक्षक सुरेन्द्र कुर्मी, पूर्व अध्यक्ष बृजेश चौधरी, उपाध्यक्ष मोनिका सिंह, मनोज मिश्र, अभिषेक तिवारी, विश्वेश्वर पटेल, शोभा देवीलगायतको सहभागिता थियो ।