प्रस, गरुडा, ७ फागुन/
रौतहटको मौलापुर नगरपालिका–५ स्थित मधानी महोत्सवको अन्तिम दिन नेपाली र भारतीय कुश्तीबाजको भव्य कुश्ती प्रतियोगिता सम्पन्न भएको छ । दुवै देशका दर्जनौं पहलवानको कुश्ती मनोरञ्जक र उत्तेजक रहेको दर्शकहरूले बताएका छन् ।
भारतको बिहार र उत्तर प्रदेशका विभिन्न पहलवानका साथै मध्यप्रदेशबाट बाबा नायक, काला तोता, बगड, भीम, सन्तोष, पिन्स, कल्लु पहलवानले मेलामा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी, राजस्थानका ठाकुर जल्लाद सिंह, सुरेन्द्र सिंह ठाकुर, ठाकुर भुपेन्द्र सिंह, शैतान सिंह, अजित, मङ्गल तथा जीतेन्द्र पहलवानले कुश्ती प्रतियोगितामा गज्जबको खेल प्रदर्शन गरेका थिए ।
कुश्तीमा नेपालका पहलवानहरू बुनीलाल, मुक्तान, ब्रह्मदेव, देवा थापालगायतले सहभागिता जनाउँदै कुश्ती प्रदर्शन गरेका थिए ।
मौलापुर नगरपालिकाले हरेक वर्ष महाशिवरात्रिको अवसरमा मधानी महोत्सव गर्दै आएको छ । पुराताŒिवक महादेव मन्दिरमा हरेक वर्ष आयोजना हुने गरेको मधानी महोत्सवलाई विशिष्ट बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
शुक्रवार उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन गरिएको मधानी महोत्सवको दोस्रो दिन शनिवार भारतीय कलाकारहरूको प्रस्तुति थियो भने आइतवार कुश्ती प्रतियोगिताको आयोजना गरिएको थियो ।
मेला भव्यरूपमा सम्पन्न भएको नगरप्रमुख रीनाकुमारी साहले जानकारी गराइन् ।