प्रस, वीरगंज, ३ फागुन/
वीरगंज निवासी डा विद्यानन्द चौरसियाको नेतृत्व टोलीले मिर्गौलाको सफल ट्रान्सप्लान्ट गरेको बताइएको छ ।
युरो किडनी ट्रान्सप्लान्ट सर्जनसमेत रहेका डा चौरसियाको टोलीले काठमाडौं मेडिकल कलेज टिचिङ अस्पताल सिनामङ्गलमा लमजुङ निवासी ५० वर्षीय धनराज घलेको मिर्गौलाको सफल ट्रान्सप्लान्ट गरेको उनले बताए ।
घलेकी पत्नी होमकुमारी गुरुङले पुस २० गते आफ्नो मिर्गौला दिएपछि उनको पतिमा सो मिर्गौला ट्रान्सप्लान्ट गरिएको डा चौरसियाले बताए । मधेस प्रदेशमा एकमात्र युरो सर्जन रहेका चौरसियाले दाबी गरे । उनले भारत, दिल्ली मेदान्तमा अध्ययन गरेको र वीरगंजमा सीता अस्पताल सञ्चालन गरी सेवा दिइरहेको बताए । मेदान्तमा सिनियर चिकित्सकको रूपमा कार्यरत रहँदा डा चौरसियाले तीन सय बिरामीको मिर्गौला ट्रान्सप्लान्ट गरेको बताएका छन् ।