प्रस, वीरगंज, २७ माघ/

पर्सा जिल्लाको चारवटा पालिकाको कित्ताकाट खुले पनि अहिले जग्गा रजिस्टे«शन पारित गराउनेहरूको सङ्ख्या वृद्धि हुन सकेको छैन । वीरगंज महानगरपालिका, पटेर्वासुगौली, सखुवापरसौनी र पकाहामैनपुर गाउँपालिका गरी चारवटा पालिकाको कित्ताकाट माघ ९ गतेदेखि खुलेकोमा अहिलेसम्म कित्ताकाटले गति लिन नसकेको मालपोत कार्यालय, पर्साका नासु राजेश्वर साहले बताए ।

छिटपुट कित्ताकाटको सिफारिश सम्बन्धित वडा कार्यालयबाट आइरहेको भन्दै उनले अहिलेसम्म सङ्ख्या बढ्न नसकेको बताए । मेन्टेनेन्स नापी शाखा पर्साका प्रमुख नारायण श्रेष्ठले कित्ताकाटको प्रावधानमा केही जटिलता भएकोले कित्ताकाट प्रभावकारी हुन नसकेको बताए । उनले सरकारले घडेरीको लागि पौने आठ धुर र कृषि कार्यको लागि दुई कठ्ठा जमीनभन्दा कम कित्ताकाट गर्न रोक लगाएको कारण कित्ताकाटको सङ्ख्या घटेको बताए । उनले यसमा पनि कित्ताकाट हुँदा पौने आठ धुर बिक्री गर्ने जग्गाधनीको हकमा सोही बराबरको जग्गा सञ्चित हुनुपर्ने र कृषि जग्गामा पनि दुई कठ्ठा बिक्री गर्नेले सोही बराबर जमीन सञ्चित हुनुपर्ने व्यवस्थाले पनि कित्ताकाट प्रभावित भएको बताए ।

यस अघि भूमिसुधार तथा मालपोत कार्यालयबाट सबैथरीका जग्गाको कित्ताकाटको सिफारिश हुँदै आएको थियो र नापीले कित्ताकाट गथ्र्यो तर नयाँ प्रावधानमा जग्गाको वर्गीकरण गरिएपछि अहिले कित्ताकाट गराउनेको सङ्ख्या बढ्न नसकेको हो । 

नापी अधिकृत श्रेष्ठले तोकिएको मापदण्डभन्दा थोरै जग्गाको कित्ताकाट अब अदालती फैसला अनुसार हुने बताए । अंश मुद्दा आदिमा अदालतले गर्ने फैसलामा सरकारले तोकेको मापदण्ड प्रभावित नहुने बताए । उनले पनि मालपोत कार्यालय, पर्साबाट कित्ताकाटको लागि कमै सिफारिश भएर आउने गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here