बेइजिङ, २७ माघ/एपी/रासस

चीनको रक्षा मन्त्रालयले कथित चिनियाँ जासूस बेलुनलाई गोली हानेपछि  अमेरिकाले वार्ता र आदानप्रदानका लागि ‘उचित वातावरण सिर्जना नगरेको’ भन्दै अमेरिकी रक्षा सचिव लोयड अस्टिनको फोन अस्वीकार गरेको छ ।

मन्त्रालयका प्रवक्ता तान केफेईले बिहीवार ढिलो जारी गरेको विज्ञप्तिमा अमेरिकी कारबाईले ‘गम्भीररूपमा अन्तर्राष्ट्रिय मान्यताको उल्लङ्घन गरेको र विनाशकारी उदाहरण स्थापित गरेको’ बताए ।

 “अमेरिकाको यो गैरजिम्मेवारपूर्ण र गम्भीर गलत दृष्टिकोणले दुर्ई सेनाबीच वार्ता र आदानप्रदानका लागि उपयुक्त वातावरण सिर्जना नगरेको कुरालाई ध्यानमा राख्दै चीनले दुई रक्षा मन्त्रीबीचको फोन कलका लागि अमेरिकी प्रस्तावलाई अस्वीकार गर्या”–तानले भने ।

उनले भने–“चीनसँग उस्तै परिस्थितिसँग सामना गर्न आवश्यक पर्ने कुनै पनि माध्यम प्रयोग गर्ने अधिकार सुरक्षित छ ।”

चीनले उक्त वस्तु बाटोमा उडाएको नागरिक मौसमी बेलुन भएको दाबी गरेको छ । तर त्यो कसको हो वा अन्य विवरणहरू प्रदान गरेको छैन ।

शुरूमा घटनामा ‘खेद’ व्यक्त गरेपछि, चीनको बयान हालका दिनमा कडा भएको छ, किनकि एफबिआईले साउथ क्यारोलिनाको तटमा रहेको अमेरिकी क्षेत्रीय पानीमा डाउनिड्ढो साइटबाट भग्नावशेष सङ्कलन गर्दा र परीक्षणको लागि भर्जिनियाको क्वान्टीकोमा रहेको एफबिआई प्रयोगशालामा पठाउने छ ।

बेइजिङले अमेरिकाले यसलाई गोली हानेर ‘अधिक प्रतिक्रिया’ दिएको बताएको छ । विदेश मन्त्रालयले उक्त कार्यलाई ‘गैरजिम्मेवार’ भनेको छ र अमेरिकाको दाबीलाई ‘चीनविरुद्ध अमेरिकी पक्षको सूचना युद्धको एक हिस्सा’ भनेर जासूसी गरेको बताएको छ ।

पेन्टागनका अनुसार अस्टिनले शनिवार आफ्ना चिनियाँ समकक्षी वेई फेन्घेसँग बेलुन मुद्दामा छलफल गर्न खोजेको तर त्यसलाई अस्वीकार गरियो ।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको यस हप्ता बेइजिड्ढो नियोजित भ्रमण रद्द भएको छ । पछिल्लो दशकमा दुर्ई मुलुकबीच सम्बन्ध सबैभन्दा तल्लो स्तरमा झरेका बेला विदेशमन्त्रीको भ्रमणले द्विपक्षीय सम्बन्ध स्थिर बनाउन सहयोग पुग्ने अपेक्षा केहीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here