प्रस, वीरगंज, २६ माघ/

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले बिहीवार पत्रकार सम्मेलन गरेर अदालतबाट प्रवाह भएको मुद्दा र रीट लगत खर्चसम्बन्धी जानकारी गराएको छ ।

न्यायाधीश अच्युत भण्डारीले देवानी १०१३, व्यक्तिवादी फौज्दारी २६५, सरकारवादी फौज्दारी ५५७, परमादेश १४३, अधिकारपे्रक्षा १, उत्प्रेषण १७९, निषेधाज्ञा २८० र शुरूको मुद्दा २५५ गरी २६४३ मुद्दाको जिम्मेवारी सरेर आएको र माघ २५ गतेसम्म १८८१ वटा नयाँ मुद्दा दर्ता भएको जम्मा लगत ४५६४ वटा रहेकोमा ८६४ मुद्दा फछ्र्योट भइसकेको बताए ।

उनले यो अवधिमा छ महीनादेखि एक वर्षभित्रको ३१५७ वटा मुद्दा र एक वर्षदेखि १८ महीनासम्मको २१३ वटा तथा दुई वर्ष नाघेका ३८० वटा मुद्दा गरी ३७५० वटा मुद्दा फछ्र्योट हुन बाँकी रहेको बताए । न्यायाधीश भण्डारीले हालसम्म अभिलेखमा दर्ता भएका छिनुवा मुद्दा ५६ हजार ५९६ थान रहेको बताउँदै अदालतको आफ्नो भवन अहिलेसम्म निर्माण हुन नसकेको र वीरगंज चिनी कारखानामा कठिनाइका साथ कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको बताए । सरकारले यही वर्षको २८ गते अदालतको नाममा दुई बिघा जग्गा उपलब्ध गराए पनि अहिले वीचिकालीको साँघुरो भवनबाट काम गरिरहेको र न्यायाधीशहरूको लागि छुट्टै च्याम्बर पनि नभएको बताए । उनले तत्कालै भवन निर्माण गर्नुपर्ने आवश्यकता रहेको जनाए ।

न्यायाधीश भण्डारीले अदालतको क्रियाकलापबाट समुदायलाई जानकारी गराउने उद्देश्यले पत्रकारहरूसँग नियमित भेटघाट गर्दै आएको, विद्यालय र समुदायमा पुगेर अदालतको विषयमा छलफल गर्ने गरेको बताए । उनले अदालतप्रति नकारात्मक सोच विकसित हुन नदिन यस प्रकारको गतिविधि गरिएको बताए ।

पत्रकार सम्मेलनमा न्यायाधीश भण्डारीले पत्रकारहरूलाई अदालतको बेथिति, भ्रष्टाचार र गलत पैmसलाबारे निरन्तर कलम चलाउन सुझाए । पत्रकारको सुझाव सल्लाहबाट अदालतमा हुने विकृति कम हुने उनले बताए । अदालतमा हुने गलत क्रियाकलापबारे थाहा पाउने माध्यम पत्रकारिता भएकोले पत्रकारले सही समाचार सम्प्रेषण गर्न डराउनु नपर्ने र त्यसका लागि मानहानिको मुद्दा खेप्नु नपर्ने जिकिरसमेत गरे ।

उनले आफ्नो तहबाट हुने अदालतसम्बन्धी गलत क्रियाकलाप नियन्त्रणका लागि सबै न्यायाधीशहरू सक्रिय भएको भन्दै अहिले मिसिल हेरफेर गर्नेलाई कारबाई प्रक्रिया अगाडि बढाइएको बताए । दुई वर्ष पुगेका मुद्दा र पुराना मुद्दा छिनोफानो गर्ने प्रयास रहेको भन्दै यस्ता क्रियाकलापमा मिसिल हेरफेर गरेको पाइएकोले दोषीहरूलाई कारबाई प्रक्रिया शुरू भएको बताए ।

पत्रकार सम्मेलनमा न्यायाधीशहरू लेखनाथ पौडेल, गणेश बराल, घनश्याम भट्ट, शान्ता सेढाइँ सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here