प्रस, वीरगंज, १४ माघ/

साउथ जोन माध्यमिक विद्यालयले सातौं प्याब्सन टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिवार आदर्शनगर रङ्गशालामा भएको खेलमा गत वर्षका विजेता मनकामना माविलाई १८ रनले पराजित गर्दै साउथ जोनले उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको साउथ जोनले नौ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । १४३ रनको विजयी लक्ष्य लिएको मनकामना मावि १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा सीमित भयो । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ साउथ जोनका कप्तान चन्दन राम घोषित भए ।

समापन समारोहमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल कार्की र पर्सा अध्यक्ष पुरन प्रधानले विजेता र उपविजेता टीमलाई शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा पूर्वक्रिकेटर एवं प्रशिक्षक उमेश उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि कार्की तथा अध्यक्ष्F प्रधानले सम्मान गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान मिनील्यान्ड माविका सोनु पटेल र उत्कृष्ट बलर पनि सोही विद्यालयका नितेश पासवान घोषित भए भने साउथ जोनका चन्दन राम ‘म्यान अफ दी सिरिज’ घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here