प्रस, वीरगंज, १३ माघ/

पर्सागढी नगरपालिका–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बहुअर्वासिरामा शिक्षक छनोटमा अनियमितताको आरोप लगाएर खारेजीको माग गर्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा दर्ता भएको छ ।

विद्यFलय प्रशासनले गोप्य ढङ्गले सूचना प्रकाशित गरी शिक्षक छनोट गर्न लागेको भन्दै सुरेन्द्र ओझाले मुद्दा दर्ता गरेका हुन् । मुद्दाको सुनवाइ माघ १५ गते आइतवार हुनेछ ।

प्र्रधानाध्यापक रामाशिष यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नितेश मिश्र, नगरप्रमुख गोकर्ण पाठकलगायत छजनाविरुद्ध उच्च अदातलमा मुद्दा दर्ता भएको छ ।

यसैगरी, विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा योग्यता नपुगेको व्यक्तिलाई छनोट गरिएको आरोप लगाइएको छ । शिक्षा नियमावली अनुसार माविका लागि कम्तीमा एसएलसी उत्तीर्ण हुनुपर्नेमा मिश्रसँग सो योग्यता नरहेको बताइन्छ । विद्यालयले पुस २४ गते गोप्य सूचना प्रकाशित गरी भर्ना प्रक्रियामा दुईजना शिक्षकका लागि दुईजना मात्र उम्मेदवारले फाराम भरेपछि अनियमितता भएको भन्दै ओझाले मुद्दा दिएका हुन् ।

यसबारेमा विद्यालयसँग सूचना माग गर्दा दुई हप्ता बित्दा पनि नपाएको ओझाले बताए । शिक्षक भर्ना प्रक्रिया रोक्न यसअघि आफूलगायत पार्टीका केही प्रतिनिधिले संयुक्त निवेदन दर्ता गराए पनि नपाले चासो नदेखाएपछि अदालतमा पुग्नुपरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here