सुग्रीव साह, भिस्वा, ११ माघ/

गण्डक नहरमा पानीको बहाव बढेपछि सो पानी सहायक कुलोमार्फत छिपहरमाई गाउँपालिकाको भिस्वा बन्जारी क्षेत्रका खेतमा पसेपछि गहुँखेती प्रभावित भएको छ ।

माघ १० गतेदेखि सहायक कुलोमा पानी बढेर सडक र खेत डुबानमा परेका छन् । दुई दिनसम्म पानीको बहाव नरोकिंदा खेत डुबानमा परेको छ भने सडकमा हिंड्डुल गर्न पनि अप्ठ्यारो भएको छ ।

जानकीटोलास्थित गण्डक नहरमा रहेको ब्लकबाट सहायक नहरमा पानी जाने गर्छ । ब्लकमा पानीको बहाव नियन्त्रण नगरेको कारण सहायक नहरमा पानी प्रवेश गरेर खेतलाई क्षति पुर्याएको किसानहरूले बताएका छन् । तत्काल पानी नियन्त्रण नभए गहुँखेती प्रभावित हुने उनले बताए । अहिले २०औं बिघा खेत डुबानमा परेका छन् र पानीको बहाव निरन्तर बढिरहेकोले थप खेत डुबान हुने डर पनि बढेको किसानरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here