प्रस, सेढवा, ११ माघ/

जीराभवानी गाउँपालिकाको हरैया टोलमा प्रहरीले ज्यादती गरेको भन्दै अबेर रातिसम्म स्थानीय जनता र प्रहरीबीच झडप भएको समाचार प्राप्त भएको छ । स्थानीयवासी भैंसी चराउन जङ्गलमा गएको बेला भैंसी हराएको थियो । भैंसी दुई दिनपछि स्थानीयले फेला पारेपछि घर ल्याउने क्रममा इप्रका, पटेर्वासुगौलीको टोलीले १२ वटा भैंसी बरामद गरेको थियो । बरामद गरिएका भैंसी आज दिउँसोसम्म धनीलाई दिने सहमति भए तापनि साँझ एकाएक भन्सारलाई बुझाउन लागिएको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो ।

राति अबेरसम्म दुवै पक्षबीच सहमति भएको छैन । भैंसी राखिएको ठाउँ प्रहरी चौकी हरैयालाई स्थानीयवासीले घेराबन्दी गरी ढुङ्गामुढा गर्दा जिल्लाबाट थप प्रहरी टोली परिचालन गरी अवस्थालाई सामान्य बनाइएको प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । राति अबेरसम्म सहमति नभएको स्थानीयले जानकारी गराएका छन् । प्रहरीविरुद्ध चर्को आक्रोश स्थानीयमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here