प्रस, सेढवा, ७ माघ/

नेपाल–भारतको सीमावर्ती बजारहरूमा नेपाली मुद्राको अभाव भएपछि नेपाली मुद्राको भाउ बढेको छ ।

भारतीय रुपियाँको तुलनामा नेरुको मूल्य बढेका हुँदा सीमावर्ती नेपाली बजारमा भारतीय रुपियाँ लिन व्यापारीहरूले लिन मानेका छैनन् ।

जिल्लाको भिस्वा, जानकीटोला, बलुवा, सेढवा, सुवर्णपुरका व्यापारीहरूले भारतीय नोट लिन मानेका छैनन् । यसका साथै लघुवित्त, पेट्रोल पम्प, सहकारी संस्थाहरूले पनि भारतीय रुपियाँ लिन बन्द गरेका छन् । नेपाल र भारतको मुद्राको विनिमय दर १०० भारु बराबर १६० नेरु छ ।

एक दशक अघिदेखि भारतीय बजारका व्यापारीहरूले १०० भारु बराबर एक सय सत्तरी नेपाली रुपियाँसम्म लिने गरेका थिए । सो बखत सयकडा दश रुपियाँ सम्म बट्टा लिने गरिन्थ्यो ।

तर अहिले नेपाली व्यापारीहरूले उपभोक्ताबाट भारतीय रुपियाँ लिएपनि १०० भारुको १५५ रुपियाँ नेरूका दरमा लिइरहेको जगरनाथपुर गाउँपालिका–४ का अजित साहले बताए । आफूसँग भारतीय रुपियाँ बढी भएको बेला भारतीय बजार इनरवामा नेपाली रुपियाँ साट्न जाँदा १०० भारुको १५५ रुपियाँ मात्र पाउने गरेकोले सोही दरमा खरीद गरेको बताए ।

जीराभवानी गाFउँपालिका–१ बलुवाका व्यापारी नेसार समानीले अहिले सीमावर्ती क्षेत्रमा भारतीय रुपियाँ बढी भएकोले नेपाली रुपियाँ खोज्न कठिन भएको बताए । यस क्षेत्रमा नेपाली नोटको अभावका कारण भारतीय बजारमा पनि सरकारले तोकेको दरमा खरीद–बिक्री हुने गरेको व्यापारी समानीले बताए ।

अहिले सिक्टा, मैनाटाड, इनरवा, भङ्गाहालगायत भारतीय बजारका जुनसुकै पसलमा विनाबट्टा अर्थात् १०० भारु बराबर १६० रुपियाँ नेपालीका दरमा लिने गरेको उनले बताए ।

जीराभवानी गापा–२ सेढवाका उपभोक्ता प्रदिप चौधरीले भारतीय बजार भङ्गाहामा सामान खरीद गर्दा १००० नेपाली रुपियाँको६३५ रुपियाँ भारुका दरमा व्यापारीले फिर्ता गरेको बताए । जबकि १००० नेरुको ६२५ भारु हुने गर्छ ।

भारतीय बजारमा नेपाली रुपियाँको मूल्य बढी भएपछि सरसामान खरीद गर्न सहज भएको उपभोक्ताहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here