प्रस, वीरगंज, ६ माघ/
पर्सा र बारामा गरी शुक्रवार दुई स्थानमा भएको रक्तदान कार्यक्रममा दशजना महिलासहित १३३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।
वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल खेलकूद महासङ्घ र अनेरास्ववियुको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ३३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । कार्यक्रममा शिवजी गुप्ता, मनीष चौधरी, मणि गुप्ता, सोहानी गुप्ता, प्रियङ्का कुमारी, विवेककुमार पटेल, दिलीपकुमार साह, कृष्ण दास, मनीष बैठा, प्रदीप साह, सुरज यादव, मुकेश रौनियारलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, सशस्त्र प्रहरीको २२औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल ४० रिजर्भ गण हेडक्वार्टर, पिलुवाले शुक्रवार गरेको रक्तदान कार्यक्रममा सातजना महिलासहित एक सयजनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा लक्ष्मी थिङ परियार, मधु कार्की, सवित्रा सापकोटा, विवेक पौडेल, पवन साह, खेमबहादुर बस्नेत, प्रेम तिमल्सिना, मनीष श्रेष्ठ, प्रदीप कुशवाहा, धनबहादुर थापामगर, बधनमियाँ हवारी, पासाङ लोप्चन, रीमाकुमारी थापा, राजेशप्रसाद यादव, प्रकाश आचार्य, वीरेन्द्र राउत, रहिम मियाँ, नवराज नेपालीलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख पाण्डेले बताए ।