प्रस, परवानीपुर, २ माघ/

बारा, पर्सामा प्रहरी प्रशासनको मिलेमतोमा अवैध कर असुल्ने काम भइरहेको छ ।

पर्साको वीरगंज महानगरपालिका, बाराको परवानीपुर गाउँपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न ठाउँमा भारतीय गाडीबाट अवैध कर असुल्ने काम भइरहेको भारतीय चालकहरूले गुनासो गरेका छन् ।

एउटा गाडीसँग प्रतिखेपको नेरु दुई सय लिनुपर्ने ठेकेदार कम्पनीले ठेक्का पाए पनि मालसामान बोकेर आउने र खाली गरेर जाने भारतीय गाडीहरूसँग प्रतिखेपमा दुईपटक भारु दुई सय अर्थात् रु ३२० असुल्ने गरेको चालकहरूले गुनासो गरेका छन् । एकजना ठेकेदारले दैनिक रु एक लाखसम्म असुली गरिरहेको बताइन्छ ।

भारतीय चालकले कर तिर्न आनाकानी गर्दा गाडी घेरेर राख्ने, कुटपिट गर्नेलगायतका गतिविधि हुने गरेको चालकहरूको आरोप छ । यस्तो कार्यमा पर्सा, बाराका स्थानीय प्रहरी युनिट र जिल्ला मातहतका प्रहरी अधिकृतहरूको मिलेमतो रहेका कारण विगत लामो समयदेखि सवारी सेवा शुल्क र कबाडी करको नाममा विभिन्न ठेकेदारले यस्तो अवैध असुली गरिरहेका छन् ।

चालकहरूले प्रहरीमा गएर खबर गर्दा पनि प्रहरीले कुनै चासो देखाउँदैनन् । किनकि स्थानीय प्रहरी युनिट र जिल्ला प्रहरी कार्यालयलाई ठेकेदारले महीनावारी बुझाउने गरेका हुन्छन् ।

वीरगंज महानगरपालिकामा कबाडीकरको ठेक्का मेदान्त कन्स्ट्रक्शन प्रFलि, वीरगंज–५ ले लिएको छ भने बाराको परवानीपुर गापामा कैलाश मण्डल नाम गरेका ठेकेदारले ठेक्का लिएर यस्तो अवैध धन्दा चलाइरहेका छन् ।

जीतपुरसिमरा उपमनपा क्ष्Fेत्रमा पनि यस्तो अवैध धन्दाबाट रकम असुल्ने काम भइरहेको चालकहरूको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here