अमेरिकाले व्यावसायिक माहुरीपालकको लागि एउटा विशेष प्रकारको खोप उपलब्ध गराउने तयारीमा छ, यो खोपले माहुरीलाई सबैभन्दा घातक रोगबाट बचाउन सक्छ । माहुरीको चाका निर्माण गर्ने श्रमिक माहुरीको भोजनमा यो खोप मिसाइन्छ, जुन मौखिक खोपसरह काम गर्छ, त्यसपछि खोप त्यस विशेष शाही जेलीमा जान्छ, जुन रानी माहुरी हुन्छ र रानीले यो जेली खाने गर्छिन् ।

माहुरीको लार्भामा लाग्ने यो रोग लार्भासँगै हुर्किन्छ । चाकामा एकपटक सङ्क्रमण पैmलिएपछि यसबाट छुटकारा पाउन गार्हो हुन्छ । यस ब्याक्टेरियाबाट मुक्ति पाउने एकमात्र प्रभावी तरीका भनेको माहुरीको चाकालाई जलाइदिनुपर्छ ताकि सङ्क्रमण अन्यत्र पैmलिंदैन ।

यस विशेष औषधिलाई बायोटेक कम्पनी डालन एनिमल हेल्थले अमेरिकन फल ब्रूडलाई नष्ट गर्नको लागि विकसित गरेको थियो । अमेरिकन फल ब्रूड एउटा सङ्क्रामक स्थिति हो, जुन परागण गर्ने जीवाणु पैनेबैसिलसको लार्भाको कारण हुन्छ । यदि कुनै कण जलाइएन भने यो ७० वर्ष वा त्यसभन्दा पनि बढी समयसम्म बनिरहन्छ ।

यस ब्याक्टेरियाले अन्य चाकामा पनि सङ्क्रमण फैलाउँछ र तीन सातामा पूरै चाकालाई सङ्क्रमित गर्ने क्षमता राख्छ, जसबाट माहुरीपालकलाई प्रतिक्रिया गर्न निकै कम समय लाग्छ । सन् २०२२ मा डालनद्वारा उपलब्ध गराइएको खोपको परीक्षण गरिएको थियो, जसबाट खोपको सुरक्ष्Fा र प्रभावकारिताको राम्रो नतीजा पाइयो ।

यस औषधिले श्रमिक माहुरीलाई मर्नबाट मात्र रोकेन बरु रानी माहुरीलाई पनि एएफबी रोगबाट बचायो । यतिमात्र होइन, यस औषधिले माहुरीको आगामी पीढीलाई पनि यस रोगको लागि प्रतिरोधी बनाएको छ किनभने यस औषधिले रानी माहुरीको अन्डामा पनि असर गरेको पाइयो ।

अमेरिकी कृषि विभाग डालनले आगामी दुई वर्षसम्म सीमित मात्रामा खोप उपलब्ध गराउने भएको छ । यदि सबैकुरा ठीक रह्यो भने यो औषधि सीधैं माहुरीपालकसम्म पु¥याइनेछ । क्यालिफोर्निया राज्य माहुरीपालक सङ्घका बोर्ड सदस्य टे«वर टोजर भन्छन्, यो माहुरीपालकको लागि प्रभावी समाधान हो, किनभने माहुरीपालक पहिले एन्टिबायोटिक उपचारमाथि निर्भर थिए, जसको प्रभाव सीमित हुन्थ्यो र यसको लागि धेरै समय र ऊर्जाको आवश्यकता पर्दथ्यो ।

यदि माहुरीपालकले आफ्नो चाकालाई सङ्क्रमणबाट रोक्न सक्छन् भने उनीहरू महँगो उपचारबाट बच्न सक्छन् र माहुरीलाई स्वस्थ राख्न सक्छन् । माहुरीको जनसङ्ख्यामा वैश्विक गिरावट एउटा निकै गम्भीर समस्या हो, जसले पारिस्थितिकीतन्त्रमा एउटा ठूलो असन्तुलन पैदा गरेको छ । यसबाट खाद्य शृङ्खलालाई यस प्रकार प्रभावित गरेको छ कि मानवजाति पनि यसबाट अछूतो छैन । माहुरीको लागि यो खोपले उनीहरूलाई मात्र होइन, मान्छेलाई पनि बचाउन सक्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here