क्याल्सियम हाम्रो शरीरमा मौजूद महत्वपूर्ण तत्वमध्ये एउटा हो । तर यदि तपाईं सोच्नुहुन्छ कि क्याल्सियम मात्र दूध वा धर्तीमा पाइने अन्य खाद्य पदार्थमा मात्र हुन्छ भने यो सत्य होइन । नासाले फुटेको ताराको एउटा तस्वीर साझा गरेको छ, जसमा दाबी गरिएको छ कि यसमा लाखौंं ग्यालेन दूधको बराबर क्याल्सियम हुन्छ । यानी फुटेको तारामा पनि क्याल्सियमको भारी मात्रा मौजुद हुन्छ ।

नासाले ट्वीटरमा शेयर गरेको तस्वीरमा एउटा तारा विस्फोट भएको देखिन्छ । यसबारे नासाले भनेको छ यो एक्स–रे इमेज हो, जसमा विस्फोट गर्ने ताराभित्र मौजुद क्याल्सियमलाई स्पष्टरूपले हेर्न सकिन्छ । नासाले यसको नाम कैसिओपिया ए राखेको छ । अन्तरिक्ष एजेन्सी अनुसार यो ३२० वर्ष पहिले फुटेको एउटा ताराको अवशेष हो, जसलाई हामी हेर्दैछौं । यस इमेजलाई नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा तयार गरिएको हो ।

भत्किसकेको यी ताराको अवशेषलाई सुपरनोवा भनिन्छ । यसमा क्याल्सियम भरपूर मात्रामा मौजुद हुन्छ । यो पनि भनिएको छ कि ब्रह्माण्डमा मौजुद लगभग आधा क्याल्सियम सुपरनोवाबाट आएको हो । सन् २०२० मा डेली साइन्सले यसबारे एउटा अध्ययन प्रकाशित गरेको थियो, जसमा भनिएको थियो कि जब कुनै तारा फुट्छ, तब त्यसको वरपर छरिएका पदार्थमा ठोक्किएर एक्स–रे निस्किन्छ । जसबाट धेरै बढी गर्मी निस्किन्छ र दबाब बन्छ । यसको कारण यसमा केही रासायनिक अभिक्रिया हुन्छ र क्याल्सियम बन्छ ।

कैसिओपिया ‘ए’लाई पहिले हेर्न सम्भव थिएन । तर अब अन्तरिक्ष्F वैज्ञानिकसँग यस्तो शक्तिशाली टेलिस्कोप छ, जुन यस प्रकारका घटनाको अवशेषलाई हेर्न सक्छ । कैसिओपिया ए पनि त्यसमध्ये एउटा हो । अध्ययनले भन्छ, जब हरेक तारा आफ्नो जीवनको अन्तिम समयमा जलिरहेको हुन्छ, तब त्यो हिलियमको साथ क्याल्सियम पनि छोड्छ । यसमध्ये केही क्याल्सियम सुपरनोवा हुन्छ, जुन सेकेन्डको एक मामिलामा लाखौं ग्यालेन दूधको बराबर क्याल्सियम जारी गर्छ । यसको अलावा ताराको विस्फोटबाट सुन र प्लेटिनम जस्ता धातु पनि निस्किन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here