- राजेन्द्रप्रसाद कोइराला
माघे सङ्क्रान्ति पर्व, जसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ, नेपालको एक लोकप्रिय चाड हो । यो देशका जनताले मन खोलेर मनाउँछन् । त्यसैले यस अवसरमा सार्वजनिक बिदा दिइएको छ । यो माघ १ गते (नेपाली तिथि) मा पर्छ । मानिसहरू यस दिनलाई मौसमको सङ्क्रमणकाल र गर्मीलाई स्वागत गर्ने दिन मान्छन् । माघे सङ्क्रान्ति पर्व प्रकाश–दूत सूर्यलाई समर्पित पर्व हो । यसलाई शक्ति र बुद्धिको प्रतीक पनि भनिन्छ । नेपालमा माघे सङ्क्रान्तिमा धेरैजसो घरमा देख्न पाइने चाकू, तिलको लडडु, तरूल र घिउ खाने गर्छन् ।
यस दिन मानिस नदीमा नुहाउन पनि जान्छन् । देवघाट, दोलालघाट, बराहा क्षेत्र, रिडी (कालीगण्डकी नदी), त्रिवेणीघाटमा रहेको साचीतीर्थलगायत नदीहरू आध्यात्मिक उद्देश्यले नुहाउनका लागि प्रसिद्ध छन् । भारतबाट धेरै भक्तजन यहाँ पवित्र स्नान गर्न आउँछन् । तराईका बासिन्दा यसलाई तराई क्षेत्रका समुदायमाझ अत्यधिक लोकप्रिय भएकोले धुमधामसँग मनाउँछन् । यो पर्व कतिपय समुदायको रोपाइँपछिको उत्सव पनि हो । अझ भनौं गणतन्त्रको आगमनसँगै देशमा सबै किसिमका चाडपर्वलाई उत्तिकै महत्वका साथ मनाउन थालिएको छ । ‘सयौं थुङ्गा फूलका हामी एउटै माला’को जगमा रहेर व्याकुल माइलाले रचेको राष्ट्रिय गानझैं ।
माघे सङ्क्रान्ति पर्वलाई हिउँद सङ्क्रान्तिको अन्त्यको रूपमा पनि मनाइन्छ । चीसो घट्न थालेपछि–माघे सङ्क्रान्तिपछि, मौसम न्यानो हुन थाल्छ । यो विक्रम संवत्को दशौं महीनाको पहिलो दिन हो । नेपाल र भारतमा हिन्दूहरूले व्यापकरूपमा मनाउने, माघे सङ्क्रान्ति पर्व ठूलो धार्मिक महत्वका साथ सबैभन्दा लोकप्रिय चाडमध्ये एक हो । यो जीवन्त पर्व मनाउन नेपाल र भारतका विभिन्न क्षेत्रमा धेरै कार्यक्रम र भोज आयोजना गरिन्छ ।
थारू समुदायको माघी पर्व :
माघे सङ्क्रान्तिलाई माघी पनि भनिन्छ । माघी नेपाली थारू समुदायको नयाँ वर्ष हो । यसलाई नेपालको राष्ट्रिय चाड पनि घोषणा गरिएको छ । थारू समुदायले यसलाई आफ्नो परिवारसँग मिलेर मनाउने, नयाँ कपडा लगाएर र नाचगान गरेर र स्वादिष्ट भोज खाने गर्छन् ।
परम्परागतरूपमा थारूहरूले माघीमा पूरै वर्षको लागि योजना बनाउँछन् । परिवारको प्रत्येक सदस्यलाई जिम्मेवारी दिइन्छ । परिवारको कुनै सदस्यले गल्ती गरेमा यस दिन मुद्दाको चर्चा हुन्छ । र कसैको कार्यसम्पादनबाट कोही सन्तुष्ट नभए पनि एक वर्षसम्म आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । त्यसैगरी मगर समुदायले पनि यसलाई नयाँ वर्षको शुरूआतको रूपमा मनाउने गर्दछ ।
– काठमाडौंको टुँडिखेल भ्रमण,
– मानिसहरूले विभिन्न सांस्कृतिक कार्यक्रम र भोजहरू आयोजना गर्छन् ।
– सडकमा स्थानीय खानाहरूको प्रदर्शनी र गुड, घिउ, आलु, कासवा आदि खान्छन् ।
– नुवाकोट जानुहोस् तारूका गाउँँमा गोरु लडाइँको अन्वेषण गर्न
– नयाँ मान्छे भेट्ने अवसर ।
धार्मिक महŒवका नदीहरू (जस्तै त्रिवेणी, बागमती, महाकाली आदि) भ्रमण गर्ने चलन छ ।
देवघाट, चितवनमा पवित्र स्नान गर्ने रीतिरिवाज छ र थारू समुदायले स्थानीय भोजमा हर्साेल्लासका साथ भाग लिन्छ ।
नुवाकोटको तारूका गाउँँमा गोरुको लडाइँ
प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा नुवाकोटको तारूका गाउँँले गोरुको लडाइँ आयोजना गर्ने गरेको छ । आजको दिन मर्ने व्यक्ति विनापीडा, सीधै स्वर्ग जाने र पुनर्जन्म पाउने सुन्दा पनि अचम्म लाग्ने जनविश्वास रहेको छ ।
यस पर्वमा स्थानीय बासिन्दाको भीडमा माघे सङ्क्रान्ति पर्व मनाइन्छ । नुवाकोटको तारूका गाउँँमा सहभागी गोरु लडाइँ अघि राम्ररी तयार गरिन्छ र ठूलो भीडले वार्षिक साँढेको लडाइँ उत्साहपूर्वक अवलोकन गर्छन् । यो बुलफाइटिंग उत्सव १८ औं शताब्दीको अन्तमा देखा परेको मानिन्छ । यो दुई शताब्दीभन्दा लामो साँढेको लडाइँको अभ्यास अत्यधिक प्रशंसनीय छ किनभने यो उत्सव वार्षिक पशु खेलको रूपमा मनाइन्छ । यो गोरुहरूको लडाइँ गराउने उत्सवको अन्तर्राष्ट्रीयकरण हुन सके कति राम्रो हुने थियो होला १ नेपालमा माघे सङ्क्रान्ति नेपालको पहाडी क्षेत्रमा पनि धुमधामले मनाइन्छ ।
नेपाल जीवनमा एकपटक घुम्नैपर्ने देशमध्ये एक हो । प्रकृतिको रसास्वादन गर्ने अनुपम स्थान हो नेपाल । यहाँ धेरै ठाउँ, साइट र गतिविधि छन् जुन धेरै आकर्षक, प्राचीन, ऐतिहासिक र साहसिक छनस कोही पनि यसमा मन्त्रमुग्ध नभई रहन सक्दैन । हामी विभिन्न संस्कृति, सम्पदा र सामाजिक सद्भावहरू फेला पार्न सक्छौं जुन संसारभर प्रसिद्ध छ । नेपालतर्फ मानिसलाई आकर्षित गर्ने सबैभन्दा महत्वपूर्ण कुरा हो मेला । नेपालका मानिसहरू सबैभन्दा वफादार र सहयोगी पाइन्छन् । उनीहरूमा आतिथ्य भावना हुन्छ । विभिन्न जातका मानिस भए पनि सहयोग गर्नबाट हात तान्दैनन् ।
नेपालमा माघे सक्रान्तिका भोजहरूः
कालो चना र मसलासहितको चामलले बनेको खिचडी माघे सङ्क्रान्तिको प्रमुख परिकार हो । विवाहित छोरीहरूलाई आमाबाबुले आमन्त्रित गरेर परिवारको कल्याणको लागि भोजको आयोजना गरिन्छ । ब्राह्मण र क्षत्री परिवारमा छोरीको ठूलो महत्व हुन्छ । कतिपयले माघ महीनाभरिमासु खाँदैनन् । तर शाकाहारी भोज इन्डो–आर्यन समुदायमा लोकप्रिय छ ।
नेवार समुदायले यो पर्वलाई घ्यो चाकु र सनल्हु नामले मनाउँछ । नेवार समुदायमा यो पर्व परिवारमा दिवङ्गत आत्माको सम्झना र आफ्ना प्रियजनसँग समय खर्चिने रूपमा मनाउने गरिन्छ । माघे सङ्क्रान्ति पर्वलाई कहिलेकाहीं उत्तरायण पनि भनिन्छ । यस समयमा सूर्यको गति उत्तरतर्फ शुरू हुन्छ । त्यसैले उत्तरायणको नामले पनि प्रचलित छ । नेपालका केही भागमा माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्तिको नामले पनि चिनिन्छ । मकर एउटा राशिको नाम हो । सूर्य मकर राशिमा प्रवेश गर्ने विश्वास गरिन्छ जसले जाडोको अन्त्य र तापमानमा केही वृद्धिसँगै लामो दिनको शुरूआत हुन्छ ।
सङ्क्रान्ति, धार्मिक महाकाव्य अनुसार एक देवता हो । सङ्क्रान्तिमा शङ्करासुर नामक राक्षसलाई मारेको किंवदन्ती छ, त्यसैले मकर सङ्क्रान्तिको भोलिपल्टको दिनलाई करिदिन वा किंक्रान्त भनिन्छ । देवीले दुष्ट किंकरासुरको वध गरेको दिन मानिन्छ । यो दुष्ट शक्तिमाथि विजय प्राप्त गर्ने पर्व पनि हो र यस दिन मानिसले नयाँ योजनाको सफलताका लागि सङ्कल्प र दानवरूपी बानी छाड्ने सङ्कल्प गर्छन् ।