प्रस, वीरगंज, २९ पुस/

पर्साका दुईजना पत्रकार सार्क जर्नलिस्ट फोरमको सदस्यमा चयन भएका छन् । सार्क जर्नलिस्ट फोरम तथा भारतको दिल्लीस्थित गौतम बुद्ध विश्वविद्यालयको आयोजनामा भएको दुई दिवसीय अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमा सार्क जर्नलिस्ट फोरमको सदस्यमा राहुल गुप्ता र दीपेन्द्र प्रजापतिलाई सदस्यमा मनोनयन गरेको हो । दुवै पत्रकारलाई फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले प्रमाणपत्र प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here