संयुक्त राष्ट्रसङ्घ, २९ पुस/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई कानूनी शासनको पालना गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्– म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसङ्घका सदस्य देशहरूलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसङ्घको मूल्य–मान्यता र यसको बडापत्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानूनी शासनको पालनामा ध्यान दिनुपर्दछ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले त्यस बैठकमा विश्वका सबै देशले आजको अवस्थामा संयुक्त राष्ट्रसङ्घको मूल्य–मान्यतामा जोड दिंदै यसको महत्वका लागि कानूनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गरेको बताइएको छ ।
उनले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानूनहरूको पालना र यसको प्रवद्र्धनका लागि विश्वका देशहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र र यसका मूल्य–मान्यताहरूको सम्मान र प्रवद्र्धनमा जोड दिएको पनि सो समाचारमा जनाइएको छ ।
विश्वमा शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरूमा आत्मसम्मानको विकास गर्नका लागि पनि कानूनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उनको भनाइ थियो ।
विश्वमा दिन प्रतिदिन हिंसा बढ्दै गएको छ र अहिले विश्वमा विभिन्न नयाँ स्वरूपहरूमा नागरिकहरूप्रति हत्या हिंसा बढ्दै गएको छ भन्दै यी सबै अवस्थाको अन्त्यका लागि कानूनी शासनको पालना गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने– विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वरूपका हिंसात्मक गतिविधिहरू बढिरहेका छन् भन्दै यसका लागि सबैले कानूनको पालना र दोषीमाथि कानूनी शासनअनुरूप कारबाई हुनु जरुरी छ । रासस