प्रस, वीरगंज, २८ पुस/
वीरगंजलगायत पर्साका जिल्लामा अहिले हुन्डीको कारोबार बढेको समाचार छ । पर्साका प्रहरीले चासो नदेखाएपछि हुन्डी कारोबारीहरूको मनोबल बढ्दै गएको छ ।
दैनिक करोडौं रुपैयाँको हुन्डी कारोबार भइरहेको पर्साका प्रहरीलाई जानकारी भएपनि प्रहरी मौन छ । स्रोतका अनुसार हुन्डी कारोबारीहरूले पर्साका केही सादा पोशाकका प्रहरीहरूलाई प्रभावमा पारी आफ्नो कारोबारलाई मलजल दिंदैछन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साले केही महीनाअघि दैनिकजसो हुन्डी कारोबारीहरूलाई पक्राउ गथ्र्यो । तर अहिले यो कार्यमा शिथिलता आएपछि विभिन्न शङ्का–उपशङ्का गरिंदैछ ।
भारतबाट धेरैजनाले भारु वीरगंजमा ल्याएर हुन्डी कारोबार गरिरहेको स्रोतले जनाएको छ ।
यसबारे प्रहरीलाई जानकारी भएपनि प्रहरीले कुनै चासो देखाएको छैन ।
स्रोत अनुसार अहिले करोडौं भारु वीरगंजमा आउने र यहाँबाट नेपालका विभिन्न स्थानमा पुग्ने गरेको छ ।