प्रस, पोखरिया, २८ पुस/

सीमावर्ती भारतीय बजारमा अहिले नेपाली रुपैयाँ स्थिर भएको छ । विगत एक दशकदेखि नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा सटही गर्दा बट्टा दिनुपथ्र्यो । सटही गर्दा सयकडा रु छसम्म अतिरिक्त रकम तिर्नुपथ्र्यो । अहिले भने भारु सटही गर्दा अतिरिक्त रकम तिर्नुपर्दैन ।

सीमावर्ती बजारहरूमा अहिले भारुभन्दा नेरुको भाउ बढेको छ । अहिले नेरु १५८ मा भारु १०० पाइरहेको स्थानीय व्यापारीहरू बताउँछन् ।

सिकटाका व्यापारी राजकुमार साहले नेरु १५८ मा भारु १०० दिने गरेको बताए । सीमावर्ती सिकटा, इनर्वा, भेलाही, रक्सौल बजारमा अहिले भारु सटही गर्दा बट्टा लाग्दैन, उल्टै नेरु लिंदा बट्टा दिने गरिएको छ ।

एकजना नेपाली ग्राहकले भारतीय बजारमा यसअघि नेरु दिंदा नेरु नै फिर्ता हुने गरेको तर अहिले नेरु दिंदा पनि भारु फिर्ता हुने गरेको बताए । जानकारहरू भने भारुको बट्टा घट्नुको कारण नेपालमा पर्याप्त मात्रामा भारु रहेको बताउँछन् । जानकारका अनुसार नेपालबाट भारततर्फ सुनको अवैध कारोबार भइरहेकाले भारु सटहीमा अतिरिक्त रकम नलागेको हो । भारतीय बजारमा नेपालबाट सुन जाने र भारु आउने गरेका कारण पर्याप्त भारुको सञ्चय भएकोले यसो भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here