प्रस, गरुडा, २८ पुस/

जाडोबाट अति प्रभावित अतिविपन्न परिवारलाई कम्बल प्रदान गरिएको छ । रौतहटको गरुडा नगरपालिकाका प्रमुख कन्थमणिप्रसाद कलवारले अतिविपन्न परिवारलाई कम्बल प्रदान गरेका हुन् । बिहीवार नगरपालिका कार्यालयअगाडि नगरप्रमुख कलवारले २५ जना विपन्नलाई कम्बल प्रदान गरेका हुन् ।

शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका गरुडा नगरपालिका–९ का अतिविपन्न २५ जनालाई एक/एक वटा कम्बल प्रदान गरिएको नगरप्रमुख कलवारले जानकारी गराए ।

नगरपालिकाको स्रोतबाट नै कम्बल प्रदान गरिएको हो । कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबूराय यादवका साथै वडाध्यक्षहरू तथा सर्वसाधारणको सहभागिता थियो । अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न नगरपालिका तयार रहेको नगरप्रमुख कलवारले बताए ।

विगत दुई हप्तादेखि अत्यधिक मात्रामा जाडो बढेको र दिनभर घाम नलाग्दा घरबाट बाहिर निस्कन पनि अप्ठ्यारो भएपछि गरुडा नगरपालिकाले थप दुई दिन सामुदायिक विद्यालयमा जाडो बिदा दिएको छ ।

उपकार सेवा नेपालद्वारा वीरगंजमा कम्बल सहायता

प्रस, वीरगंज/

उपकार सेवा नेपालले बिहीवार वीरगंज महानगरपालिकाका विभिन्न स्थानका गरीब, दीनदुःखीलाई कम्बल वितरण गरेको छ ।

वीरगंज महानगरपालिकाका विभिन्न स्थानका करीब ५० जनालाई चीसोमा राहत दिने उद्देश्यले उपकार सेवा नेपालले कम्बल वितरण गरेको सामाजिक कार्यकर्ता ओमप्रकाश सर्राफले बताए ।

यसैगरी, सामुदायिक सेवा केन्द्र, छपकैयाको आयोजनामा अल मन्सुर फाउन्डेशन र राइजिङ वीरगंज नेपाल, छपकैया–२ को सहयोगमा घुसुकपुरमा विपन्न परिवारलाई कम्बल, सल वितरण गरिएको थियो । ५० थान कम्बल र ५४ थान सल वितरण गरिएको सामुदायिक सेवा केन्द्र, छपकैयाका अध्यक्ष्F ग्यासुद्दीन ठकुराईले बताए ।

कार्यक्रममा वडाध्यक्ष्F महम्मद रेयाज मियाँ तेली, प्रहरी निरीक्षक मनीषा लौडारी, विशाल मल्ल, सामुदायिक सेवा केन्द्रका श्याम शर्मा, अल मन्सुर फाउन्डेशनका ज्याउल हक समानीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here