चिरञ्जीवी सापकोटा, ठोरी, २३ पुस/

नेपाल शिक्षक सङ्घ ठोरीको अधिवेशन राईधारामा सम्पन्न भएको छ ।

नेपाल शिक्षक सङ्घ, ठोरीका अध्यक्ष चिरञ्जीवी सापकोटाको सभापतित्व र नेपाली काङ्ग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न गाउँ अधिवेशनबाट नेपाल शिक्षक सङ्घको नयाँ समिति चयन भएको छ ।

विदुरप्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठले बताए । समितिमा उपाध्यक्ष प्रेम कुँवर, महिला उपाध्यक्ष गोमा अधिकारी, सचिव गोपाल श्रेष्ठ, सचिव अर्थ सरिता तिमल्सिनालगायत सदस्यहरू छन् ।

कार्यक्रममा मधेस प्रदेशका नवनिर्वाचित सदस्य शङ्करप्रसाद चौधरी, नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य छोटेलाल साह, नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाल शिक्षक सङ्घ पर्साका अध्यक्ष प्रदीप जैसवाल, सङ्घका मधेस प्रदेश उपमहासचिव मोहनलालप्रसाद कुर्मी, जिल्ला सचिव अशोक साह, सहसचिव अशोक केवट, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रामबहादुर श्रेष्ठ, प्रकाश खनाल, नेपाली काङ्ग्रेस ठोरीका अध्यक्ष सन्तोष श्रेष्ठ, वडाध्यक्ष अमृतकृष्ण सापकोटालगायतले शुभकामना दिएका थिए । कार्यक्रममा स्वागत नेपाल शिक्षक महासङ्घ, ठोरीका अध्यक्ष अमृत श्रेष्ठ र सहजीकरण शिक्षक रमेश नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here