प्रस, वीरगंज, २२ पुस/
सातौं वार्षिक खेलकूद प्रतियोगिताको अवसरमा ज्ञानदा एकेडमीले शुक्रवार विभिन्न खेलकूदको प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि सांसद बिना जयसवालले खेलकूदले हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले स्वस्थ मस्तिष्क र स्वस्थ शरीरले कुनै पनि कार्य सम्पन्न गर्न सकिने बताइन् । सांसद जयसवालले जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न र आत्मबल प्रदान गर्न खेलकूदले सहयोग गर्ने बताइन् ।
ज्ञानदाको आफ्नै खेलमैदानमा माध्यमिक तहका छात्रछात्राहरूले कबड्डी, बास्केटबल, टेनिस, रिले दौड, लङ जम्प, ट्रिपल जम्प, हाई जम्प प्रतियोगितामा भाग लिएका थिए भने प्राथमिक तहका विद्यार्थीहरूको लागि हर्डल रेस, सटल रेस, एजिलिटी रेस, स्क्वायस रेस, लेगोरी रेस प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा विजयी छात्रछात्राहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक दीपक गिरी, भूतपूर्व अन्तर्राष्ट्रिय खेलाडी जयप्रकाश सर्राफ, एथलेटिक एशोसिएशनका अध्यक्ष वीरेन्द्र पटेल, क्रिकेट एशोसिएशनका अध्यक्ष दाउद अन्सारीलगायतको सहभागिता थियो । एकेडेमीका सभापति सन्दीप तुल्स्यानको अध्यक्ष्Fतामा भएको कार्यक्रमको सहजीकरण शिक्षकद्वय स्वर्णीम क्षत्री र आकृति थापाले गरेका थिए ।