बलिराम शुक्ला, बिरुवागुठी, २२ पुस/

अत्यधिक चीसो र शीतलहरका कारण पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

लगातार पाँच दिनदेखिको अत्यधिक   चीसो तथा शीतलहरका कारण दैनिक ज्यालादारी गरेर खाने गरीब, दलितदेखि सडकमा हिंड्ने बटुवाहरूको दिनचर्या कष्टकर बन्दै गएको छ ।

पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगबाट जीतपुर, सिमरा, नितनपुरमा रहेका औद्योगिक क्षेत्रमा दैनिक ज्यालादारी गरेर खाने सयौं कामदार र गरीबहरू मारमा परेका छन् ।

चीसो बढेपछि घरबाट बाहिर निस्किनसमेत कठिनाइ भएको पर्सागढी नपा–३ का दिपायन चौधरीले बताए । अहिले मानिसहरू घर र चोकचोकमा आगो बालेर तापिरहेका छन् ।

पर्सागढी नपा–४ गोडपसरा गाउँ निवासी लक्ष्मीनिया माझीले नपाले गाउँघर र चोकमा दाउरा वितरण गरेजस्तै न्यानो कपडा वितरण गर्नुपर्ने माग गरिन् । उनले रातिको समयमा अत्यधिक जाडो हुने भएकोले कम्बलको व्यवस्था गर्न नगरपालिकासँग माग गरिन् ।

नगरप्रमुख गोकर्ण पाठकले करीब एक हजार दलित, गरीब परिवारको वडामार्फत पहिचान गरी कम्बल वितरण गर्ने योजना रहेको बताए । उनले कम्बल खरीद प्रक्रिया अघि बढिसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here