प्रस, वीरगंज, २१ पुस/ 

वीरगंज महानगरपालिकाको १२औं नगर अधिवेशन शुक्रवार सम्पन्न भएको छ ।

नगर अधिवेशनको नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन समारोहमा नगरप्रमुख सिंहले इजाजतबेगर निर्माण भएका भौतिक संरचनाको नक्शापास गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्म जरिवानामा छुट दिइने बताए । उनले नगरसभाबाट पारित संशोधित ऐनले विगतमा नक्शापास नगरी इजाजतबेगर निर्माण भएका संचरना चालू आवको असार मसान्तभित्र अनुमतिका लागि आएमा नक्शापास दस्तुर मात्र लिइने र जरिवाना नलाग्ने बताए ।

यसैगरी, महानगरमा पछि थपिएका वडाहरू वडा नं १७ देखि ३२ मा निर्माण गरिएका संरचनाहरू अनुमतिका लागि आएमा जरिवाना छुटका साथै भवनको नक्शा डिजाइन गर्न पनि महानगरले निश्शुल्क प्राविधिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको बताए । महानगरमा सबैले नक्शापास गराउन भनेर जरिवाना छुट र प्राविधिक सहयोगको व्यवस्था गरिएको बताए । आजको नगरपरिषद्ले आदर्शनगर रङ्गशालामा कार्यक्रम आयोजना गर्न लाग्ने शुल्क पनि संशोधन गरेको छ ।

उपप्रमुख इम्तियाज आलमले न्यायिक समितिको प्रतिवेदन पेश गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संशोधित आर्थिक ऐन प्रस्तुत गर्दै काम हुन नसकेका र आवश्यक रहेका केही कार्यक्रमहरूमा बजेट रकमान्तर गरिएको बताए । अधिवेशनले महानगरपालिकाको आमसञ्चारमाध्यम प्रवद्र्धन तथा नियमन समितिको ऐन २०७८ पनि संशोधन गरेको छ ।

यस्तै, परिषद्ले विनियोजन ऐन २०७९ मा चालू आर्थिक वर्षको बजेट तीन अर्ब ३३ करोड ६३ लाख २६ हजार रहेकोमा थप आम्दानीलाई स्वीकार गर्दै चार अर्ब ७८ लाख ८३ हजार पु¥याएको छ । अधिवेशनमा वडासदस्यहरूले आफ्नो सुविधासहितका मागहरू प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here