ओमप्रकाश चौधरी, सेढवा, २१ पुस/

पर्सा जिल्लाको वनजङ्गलसँग जोडिएका गाउँपालिकाका किसानहरू जङ्गली जनावरका कारण चीसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।

जिल्लाको पश्चिमउत्तर क्षेत्र जीराभवानी गापाको सखुवनिया, हरैया, काठमाडौंटोल, शान्तिनगर तथा ठोरी गापाका क्षत्रीलाइन, गडुवालाइनलगायतका ठाउँमा खेतीपाती गर्दै आएका किसानहरू जङ्गली जनावरहरूबाट बढी पीडित छन् । यसैगरी, पटेर्वासुगौली गापाको भथौडा, भाथा, रङ्गपुर, सोनवर्षा, सखुवाप्रसौनी गापाका औराहा, छतिवन, अकवनियालगायतका किसानहरूलाई पनि जङ्गली जनावरबाट बाली जोगाउन समस्या भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय जङ्गलबाट आउने चित्तल, हरिण, नीलगाई, घोडगदाहा, बँदेल, भालु, शाही मयूरलगायतका जनावरहरूले किसानले लगाएको बाली नष्ट गर्दै आएको जीराभवानी गापा–५ सखुवनियाका किसान सुदामा महतो कम्कडले बताए । दर्जनौंको सङ्ख्यामा आउने जङ्गली जनावरहरूले गहँु, आलु, तोरीलगायतका बालीमा क्षति पु¥याउने गरेको उनले बताए । जङ्गली जनावरहरूबाट बाली जोगाउन किसानहरूले रूखमा मचान अनि खेत खलियानमा झुपडी बनाइ अहिलेको शीतलहरसँगै बढेको चीसोमा रातभर जाग्राम बस्न बाध्य भएको किसान कम्करले बताए ।

यी क्षेत्रमा खेती गरेका करीब तीन दर्जनभन्दा बढी किसान रातिपख जाग्राम बस्दै आएका छन् । उनीहरू जङ्गली जनावरको बथान खेतमा आउँदा टिन ठट्याउने, हल्लीखल्ली गर्ने र राँको बालेर लखेट्ने कार्यमा सक्रिय छन् । जीराभवानी गापा–५ हरैया निवासी जलकपुर राउत थारूले रातभर टर्च र लोरो लिएर चीसोमा घुरको आगो ताप्दै बालीको रखवाली गर्नुपरेको बताए । उनले बाली नलगाउँदा पेट भर्न समस्या, बाली लगाउँदा जङ्गली जनावरबाट जोगाउन समस्या खेप्नुपरेको बताए । उनले पेट पाल्ने एकमात्र उपाय खेतीबाली नै भएको बताउँदै ज्यान जोखिममा पारेर पनि बालीको रखवाली गर्नुपरेको बताए । उनले दिनभरि जङ्गली जनावरहरू कम आउने तर साँझ पर्नासाथ खाना लिएर छाप्रो, मचानको वास बस्नुपरिरहेको बताए ।

ठोरी गापा–५ क्षत्रीलाइन, गडुवालाइन क्षेत्रमा किसानहरूले जङ्गली जनावरको आतङ्कबाट छुटकारा पाउन सुर्तीखेती गरिरहेका छन् । सुर्तीखेतीमा जङ्गली जनावरले क्षति नपु¥याउने भएरै यहाँका किसानहरू सुर्तीखेतीतर्फ आकर्षित भएपनि अहिले उनीहरू भने बाँदर आतङ्कको सामना गरिहेका छन् । सुर्तीखेतीलाई भने बाँदरको झुन्ड आएर क्षति पु¥याउने गरेको स्थानीय किसानहरूले बताए । सुर्तीखेतीसँगै तोरीखेतीलाई पनि जङ्गली जनावरहरूले खाँदैनन् तर उनीहरूले तोरीखेतीलाई भने माडेर नोक्सान पु¥याउने गरेको एकजना किसानले बताए । तोरीखेतीलाई सबैभन्दा बढी मयूरले क्षति पु¥याउने गरेको छ । तोरीखेती भएको क्षेत्रमा मयूरको बथान आउने र क्षति पार्ने गरेको किसानहरूले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जले जङ्गलसँग जोडिएका बस्ती र खेतीबालीलाई जङ्गली जनावरबाट जोगाउनका लागि निकुञ्ज क्षेत्रलाई विद्युतीय तारबारले घेरेको छ । तर विद्युतीय तारबार बिग्रिएको र त्यसको मर्मत सम्भार नभएकोले जङ्गली जनावर आउने क्रम रोकिएको छैन । विभिन्न स्थानमा लगाइएको विद्युतीय तारबार झाँडीहरूका कारण बिग्रिएर विद्युत् सप्लाई अवरोध भएको र मर्मत सम्भार नभएकोले सो सेवा सञ्चालन हुन सकेको छैन ।

स्थानीय पालिकाले पनि किसानलाई राहत प्रदान गर्न निकुञ्जलाई विद्युतीय तारबार सक्रिय बनाउन दबाब पनि दिएको छैन भने आफैंले मर्मत सम्भार पनि गरिदिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here