प्रस, वीरगंज, २० पुस/

पर्सा प्रहरीले बुधवार वीरगंज महानगर–११ रानीघाटस्थित तीनवटा चामल गोदाममा छापा मारी ठूलो परिमाणमा भारतीय चामल नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिर्ता र श्रीपुरका प्रहरी टोलीले स्थानीय रामेश्वर गुप्ता, कृष्ण गुप्ता र अच्छेलाल साहको गोदाममा छापा मारी ९०५ बोरा भारतीय चामल नियन्त्रणमा लिएको हो ।

रानीघाट क्षेत्रबाट निरन्तर भारतीय चामल बरामद हुँदै आएको छ । यसअघि सशस्त्र प्रहरीले चारवटा गोदाममा छापा मारी ठूलो परिमाणमा भारतीय चामल नियन्त्रणमा लिएको थियो । साइकल, मोटरसाइकल र भरियामार्फत सीमावर्ती भारतको रक्सौलबाट भारतीय चामल भिœयाउने र बिक्री गर्ने कार्य भइरहेको थियो । भन्सार छली भिœयाइएका भारतीय चामलहरू नियन्त्रणमा लिइएको हो । बरामद चामल आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय चलान गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here