प्रस, वीरगंज, १८ पुस/

नेपाल सरकारको शिक्षा मन्त्रालयले सञ्चालन गरेको इभेन्ट परियोजनाको आयोजनामा तालीम तथा रोजगार प्रवद्र्धन प्रशिक्षक, सहायक प्रशिक्षक, तालिमप्राप्त सहभागी तथा अन्य सरोकारवालासँग एकदिने अन्तक्र्रियामा कार्यक्रम सोमवार वीरगंजमा सम्पन्न भएको छ ।

नेपाल सरकारले दक्ष उद्यमी तथा रोजगारको ग्यारेन्टी गर्ने उद्देश्यले सिटिइभिटी तथा नेपाल सरकारले आफैं कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सीप सिकेपछि रोजगारको ग्यारेन्टी गर्दै बेरोजगार युवाहरूलाई देशमा नैं अवसर दिनुपर्छ भन्ने उद्देश्यले नेपाल सरकारले यो कार्यक्रम देशभरि सञ्चालनमा ल्याएको छ ।

इभेन्ट परियोजनामार्फत सञ्चालन कार्यक्रमका लाभदायीक संस्था तथा सरोकारवालाहरूको भेलाले आगामी कार्यनीतिबारे छलफल गरिएको थियो । कार्यक्रममा विषयगत प्रशिक्षण दिने १० वटा संस्थाका प्रतिनिधिहरुको  सहभागिता थियो ।

इभेन्ट परियोजना प्रमुख शिवकुमार सापकोटा, उपसचिव लेखा प्रमुख देवहरि गौतम, आयोजनाका उपसचिव केवलीराम अधिकारी, महानगरका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहजीकरण शाखा प्रमुख उद्धवराज कटेलले गरेको सरोज कोइरालाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here