नितेश कर्ण, वीरगंज, १३ पुस/

वीरगंज–रक्सौल सडकखण्ड अन्तर्गत शङ्कराचार्य द्वारमा बुधवारदेखि कोरोना चेकजाँच शुरू भएको छ । कोरोनाको कहर बढेसँगै चेकजाँच शुरू भएको हो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको पुस ११ गतेको बैठकले प्रवेशद्वारमा रहेको हेल्थ डेस्कबाट स्क्रिनिङ र एन्टिजेन परीक्षण अनिवार्य गर्ने निर्णय अनुसार आज बिहान ११ देखि भारतबाट आउने शङ्कास्पद व्यक्तिहरूलाई परीक्षण गर्न शुरू गरिएको छ । यसअघि यो हेल्थ डेस्कमा दुईजना कर्मचारी खट्दै आए पनि कोरोना परीक्षण भएको थिएन । आज बिहान १० बजेसम्म पनि दुईजना मात्र ड्युटीमा थिए । त्यत्ति बेला परीक्षण शुरू नभएको बताइए पनि बिहान ११ बजेदेखि परीक्षण शुरू गरिएको र अहिले सो हेल्थ डेस्कमा दुईजना स्वास्थ्यकर्मी, एकजना सहायक अनि चारजना सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । खासगरी बस र रेलमार्गबाट आउने झोलाझुम्टा बोकेर नेपाल प्रवेश गरिरहेका भारतीयहरूलाई लक्षित गरेर कोरोना परीक्षण शुरू गरिएको छ ।

होल्डिङ सेन्टर सुनसान

कोरोनाको नयाँ भेरियन्ट बिएफ–७ भारतमा देखिएपछि सीमानाकामा  सतर्कता अपनाउँदै हेल्थ डेस्कमा परीक्षण शुरू भएपनि वीरगंज भन्सारको यार्डमा तयार गरिएको एक हजार शøयाको होल्डिङ सेन्टर भने सुनसान छ । कोरोना कहर बढेपछि सो स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएको थियो । तर निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण भएपछि कोरोना कहर कमजोर भएकोले अहिलेसम्म होल्डिङ सेन्टर सञ्चालनमा आउन नसकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here