ओमप्रकाश चौधरी, सेढवा, १२ पुस/

पर्साका तीनवटा पालिकाले सुविधायुक्त प्रयोगशाला स्थापनाका लागि एक करोड २० लाख मूल्य बराबरका सामग्रीहरू पाएका छन् ।

जीराभवानी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा प्रयोगशाला स्थापनाका लागि मधेस प्रदेश सरकारको प्रदेश प्रयोगशाला जनकपुरले ती गापाहरूलाई जनही ६० लाख बराबरका सामानहरू पठाएको हो । 

प्रदेश स्वास्थ्य प्रयोगशाला, जनकपुरधाम र जीराभवानी, जगरनाथपुर तथा पटेर्वासुगौली गापाबीच सम्झौता भई प्रयोगशाला स्थापनाका उपकरणहरू हस्तान्तरण गरिएको जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए । प्रयोगशाला सञ्चालनका लागि प्रदेश स्वास्थ्य प्रयोगशाला, जनकपुरधामले जनशक्ति पठाउने र अहिले तत्कालका लागि भने सम्बन्धित पालिकाहरूले कर्मचारी व्यवस्थापन गर्ने कुरा भएको अधिकृत मेहताले जानकारी गराए ।

यसअघि पटेर्वासुगौली गापा–२ र ५ गरी दुई स्थानमा र जीराभवानी र जगरनाथपुर गापाले एक/एक स्थानमा प्याथFेलोजी सेवा प्रदान गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here