प्रस, वीरगंज, ९ पुस/

पर्सा जिल्लाका तीन र बारा जिल्लाको एक स्थान गरी शनिवार चार स्थानमा भएको रक्तदान कार्यक्रममा नौजना महिलासहित १७१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

पर्सा जिल्लाको वीरगंज–११ श्रीपुरमा समाज परिवर्तन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित २३ जनाले रक्तदान गरेका थिए ।

यसैगरी, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको आयोजनामा भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित पचासजनाले रक्तदान गरेका थिए । कुसुम गुप्ता, प्रमोद चौधरी, चन्दन सिंह, विमल अग्रवाल, प्रभाकर झा, राजीव साह, चन्दन ठाकुरलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।

यसैगरी, वीरगंज महानगरको रामगढवामा ब्रह्मबाबा टोल समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ६१ जनाले रक्तदान गरेका थिए । अनीता देवी, तारादेवी कानू, विक्की महतो, श्रीराम प्रसाद, रमेश पटेल, राजेशसाह तुराहालगायतले रक्तदान गरेका थिए ।

यसैगरी, बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा गढीमाई युवा सोसाइटीले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३७ जनाले रक्तदान गरेका थिए । धमेन्द्र गुप्ता, सन्दीप ठाकुर, अशोक साह, रामाकान्त यादव, गुड्डु आलम, भानु थापालगायतले रक्तदान गरेको केन्द्रका राजन श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here