प्रस, परवानीपुर, ६ मङ्सिर/

पर्सामा एकजना अंशियारको अंश नछुट्याइ जग्गापास भएको घटना सार्वजनिक भएको छ । वीरगंज महानगरपालिका–३१ बेलवाका शिवपूजन साहले छोरा रामबाबू साहको अंश नछुट्याइ जग्गापास गरिदिएको घटना प्रकाशमा आएको छ ।

उनले आज मालपोत कार्यालय, पर्सामा पुगी यसबारेमा कार्यालयका कर्मचारीहरूलाई जानकारी गराउँदै घटनामा घोर चूक भएको आरोप लगाएका छन् । जग्गापास गर्दा चारजना अंशियारको सहीछाप साक्षीमा हुनुपर्नेमा बुबाले हक मार्नको लागि बुढानीलकण्ठ नगरपालिका–३ काठमाडौंमा दर्ता रहेको अदिरा फ्लोर्स प्रालिका प्रतिनिधि महम्मद अलि ठकुराईलाई सो जग्गा बेचेको आरोप लगाइएको छ ।

जग्गापास गर्नमा कर्मचारी तथा लेखपढी व्यवसायीको संलग्नता रहेको उनले आरोप लगाए । जग्गापास हुनुभन्दा अगाडि पनि उनले सबैलाई भन्दा पनि जग्गापास गरिदिएकोमा दुःख व्यक्त गरे । जबकि रामबाबू दुई दाजुभाइ हुन् र बुबा तथा आमा गरी चारजना अंशियारको अंशबन्डा पर्सा जिल्ला अदालतबाट गरेर दाखिला खारेज गर्न पहिले नै एउटा मिसिल मालपोत कार्यालय, पर्सामा गइसकेको थियो । तर पुरानो मिसिलमा आवश्यक कामकारबाई नगरी नयाँ मिसिल खडा गरी बुबाको षड्यन्त्र र कर्मचारीको सहयोगमा उक्त जग्गापास भएको उनले बताए ।

यसबारेमा कार्यालयलाई सो निर्णय बदरको लागि माग गर्दै निवेदन दिने र त्यस उपर कुनै कारबाई नभएमा उक्त रजिस्टे«शन बदरका लागि किर्ते जालसाजी मुद्दा पर्सा जिल्ला अदालतमा दतर्F गराउने उनले जानकारी गराए । उक्त जग्गा पास हुने क्रममा मालपोत कार्यालयका सुब्बा अविनाश सिंहले मोठ भिडाउने र सदर गराउने काम अर्का सुब्बा जीतबहादुर चौधरीले गरेको देखिन्छ ।

यस विषयमा मालपोत कार्यालय, पर्साका प्रमुख ऋषिकुमार ढकालले आफूलाई विस्तृत जानकारी नभएको र के कमीकमजोरी भएको भन्नेबारेमा

दुवै पक्ष्Fको कुरा सुनी अगाडि बढ्ने बताए ।

त्यसैगरी, रामबाबू साहका बुबा शिवपूजनले आफूले चार हकको तीन हक मात्र बिक्री गरेको र एक हकको पैसा छोराले अदालतबाट लडेर लिनसक्ने अवस्था रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here