प्रस, गरुडा, ६ पुस/
रौतहटका दुईजना नगरप्रमुख नेपाल नगरपालिका सङ्घको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गौर नपाका प्रमुख शम्भु साह कानू र गढीमाईका प्रमुख श्यामप्रसाद यादव केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काठमाडौंमा जारी सङ्घको केन्द्रीय अधिवेशनबाट दुवैजना निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि दुवै नगरप्रमुखले सङ्घको विधान अनुसार नगरपालिकाको विकासमा योगदान दिने र रौतहटका नगरपालिकाहरूको मर्यादा वृद्धिका लागि सहकार्य गर्ने प्रतिक्रिया दिएका छन् ।