प्रस, वीरगंज, ६ मङ्सिर/

स्थानीय चुनावमा उम्मेदवारहरूले खर्च विवरण नबुझाएका कारण कारबाईमा परेपछि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भने उम्मेदवारहरूले हतार–हतार खर्च विवरण बुझाएका छन् । स्थानीय चुनावमा पर्सा जिल्लाबाट तीन हजार २९८ जना उम्मेदवारमध्ये ४४ जनाले मात्र खर्च विवरण जिल्ला निर्वाचन कार्यालय, पर्सामा बुझाएका थिए ।

यसैगरी, जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यका १८ जनामध्ये तोकिएको समयमा ३५ दिनभित्र चारजनाले मात्र खर्च विवरण बुझाएका थिए । स्थानीय चुनावमा ८५ जनाले स्पष्टीकरण बुझाएका थिए । निर्वाचन आयोगले तोकिएको समयमा खर्च विवरण नबुझाउनेलाई जरिवाना गरेको थियो । जरिवाना छ महीनाभित्र चुक्ता गर्नुपर्ने समयसीमा दिइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूले भने धमाधम खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पर्साका सूचना अधिकारी अरुण ठाकुरले बताए । उनले १६६ जना उम्मेदवारमध्ये १३४ जनाले खर्च विवरण बुझाइसकेको बताए । पर्सा जिल्लामा निर्वाचन परिणाम सकिएको मितिले पुस १२ गते ३५ दिन सकिंदैछ । यस अवधिमा ३२ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाउन बाँकी छ ।

सूचना अधिकारी ठाकुरले प्रतिनिधिसभा सदस्यमा राप्रपाबाट समानुपातिकमा परेकी बिना जैसवालले स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाएपछि तोकिएको जरिवाना तिरेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here