प्रस, वीरगंज, १ पुस/
नेपालको मुख्य नाकाको रूपमा रहेको वीरगंजमा अहिले आर्थिक अपराधमा एक्कासि वृद्धि भएको छ ।
गएराति वीरगंजको रानीघाटस्थित केही व्यापारीको गोदाममा प्रहरीले छापामारी गरी २८१ क्विन्टल खाद्यान्न बरामद गरेको थियो ।
जिल्ला प्रहरी कर्यालय, पर्साले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राजस्व छलेर भारतीय विभिन्न ब्रान्डका चामल, पीठो, मैदालगायत खाद्यान्न सामग्रीहरू नियन्त्रणमा लिई कारबाईको लागि वीरगंज भन्सार कार्यालय बुझाएको जनाएको छ ।
सीमामा जनपद तथा सशस्त्र प्रहरी हुँदाहँुदै पनि ठूलो परिमाणमा खाद्यान्न सामग्री भित्रिनुले सुरक्ष्Fाकर्मीहरूमाथि प्रश्न तेर्सिएको छ ।
सीमानाकामा सशस्त्र र जनपद प्रहरी तैनाथ रहे पनि उनीहरूको नाकमुनिबाट यति ठूलो परिमाणमा खाद्यान्न सामग्री कसरी भित्रियो भन्ने अहिले चर्चा चलेको छ । छापामारी गरिएको गोदामको तीन मिटरनजीकै रानीघाट प्रहरी चौकी हुँदाहुँदै पनि अवैध सामानहरू भित्रिनुले यस घटनामा प्रहरीको मिलेमतो हुन सक्ने प्रबल सम्भावना छ ।