प्रस, वीरगंज, १ पुस/

वीरगंजको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको छ ।

नगरप्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रवार सो ठाउँको अवलोकन गर्दै सडकमा पार्किङ गरिएको र निर्माण सामग्री राखेका कारण मानिसहरूलाई आवतजावतमा समस्या भएको देखेपछि सो कार्य तत्काल हटाउन निर्देशन दिएका हुन् । सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री राख्दा दुर्घटना हुन सक्ने भएकोले सो सामान हटाउन चेतावनी दिइएको छ ।

उनले महानगरको स्वीकृति लिएर मात्र तोकिएको ठाउँमा निश्चित समयका लागि मात्र राख्न पाउने बताउँदै विनाइजाजत निर्माण सामग्रीहरू राख्नेहरूविरुद्ध कारबाई हुने चेतावनी दिए । उनले तत्काल ती सामानहरू नहटाए नगरपालिकाले हटाउने र त्यसको हर्जाना सम्बन्धित पक्षसँग लिने चेतावनी दिए ।

यसैगरी, शुक्रवार नगरप्रमुख सिंहसहितको टोलीले वीरगंज–४ बिर्ता बजारको अवलोकन पनि गरेको थियो । मङ्गलवार र शुक्रवार बजार लाग्ने क्रममा माछा व्यापारीहरूले जथाभावी माछा बिक्री गर्ने, काट्ने र फोहर फाल्ने गरेकाले सो ठाउँ दुर्गन्धित हँुदा जथाभावी फोहर नफाल्न आग्रह गरे ।

यसैगरी, नगरप्रमुख सिंहले वडा नं ५ र ३ का विभिन्न स्थानमा पुगेर स्थानीयसँग छलफल गरेका थिए । महानगरपालिकाले सो वडाको लागि गर्नुपर्ने आवश्यक कामहरूको बारेमा स्थानीयहरूसँग सरसल्लाह लिएको नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here