प्रस, पोखरिया, १ पुस/

पोखरियामा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको पाँचौं दिन विन्ध्यवासिनी गाउँपालिका विजयी भएको छ । धोबिनी गाउँपालिकासँगको खेलमा विन्ध्यवासिनीले चार विकेटको अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो ।

टस जितेर ब्याटिङ गरेको धोबिनीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १५० रन जोडेको थियो । प्रतिउत्तरमा विन्ध्यवासिनीले १७ ओभरमा छ विकेट गुमाएर १५४ रन बनाइ जीत हासिल ग¥यो ।

आजको खेलको ‘म्याद अफ दी म्याच’ ३८ बलमा ६७ रन बनाएका विन्ध्यवासिनी गापाका रामकुमार चौहान घोषित भए ।

शनिवारको खेल कालिकामाई गापा र वीरगंज महानगर–१९ बीच हुने आयोजक कमिटीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here