प्रस, वीरगंज, २७ मङ्सिर/

श्रीसिया नदी प्रदूषण नियन्त्रण अभियानले मङ्गलवारदेखि अनुगमन शुरू गरेको छ । सोमवार नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले श्रीसिया नदी प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुरूप उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, महानगरका वातावरण शाखाका देवेन्द्र चौधरी, नेपाल प्रहरीलगायतको टोलीले श्रीसिया नदी आसपासका चारवटा उद्योगको स्थलगत निरीक्षण गरेको हो ।

अनुगमनको क्रममा उद्योगहरूबाट निस्किने प्रदूषित पानी श्रीसियामा सोझै खसाउने गरेको र वाटर ट्रिटमेन्ट प्लान्ट भएकाहरूले पनि पानी प्रशोधन नगरी खोलामा बगाउने गरेको पाइएको थियो । वीरगंज वडा नं २१ श्रीसिया आसपासका चारवटा उद्योग निधि टेक्सटाइल्स, ब्रिटानिया नेपाल, शक्ति दाल मिल र शक्ति वायरको अनुगमन गरिएको सप्रजिअ पौडेलले बताए । उनले निधि टेक्सटाइल्सले उद्योगको फोहर पानी सोझै नदीमा मिसाएको बताए ।

यो उद्योगबाट दैनिक डेढ लाख लिटर प्रशोधनरहित पानी सोझै नदीमा फाल्ने गरिएको बताए ।

उनले अहिलेसम्म वाटर ट्रिटमेन्ट सो उद्योगले जडान नगरेको बताए । उद्योगबाट निस्किने पानी र छाइहरू खोलामा फाल्ने गरेकाले नदी दुर्गन्धित हुँदै आएको बताए । नगरप्रमुख सिंहले दिएको समयसीमा एक महीनाभित्र प्रशोधित पानी मात्र खोलामा बगाउन अन्यथा कारबाई हुने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here