प्रस, वीरगंज, २५ मङ्सिर/

नेपाल किसान महासङ्घ, पर्साले आइतवार धानको समर्थन मूल्य कार्यान्वयनको लागि खाद्य संस्थान वीरगंजमा धर्ना दिएका छन् । 

घण्टाघरबाट किसानहरूको ¥याली नगरपरिक्रमा गर्दै धानको समर्थन मूल्य कायम गर्न तथा मल उपलब्ध गराउन माग गर्दै धर्ना दिएका हुन् ।

किसान अगुवा असर्फी साह तेली नेतृत्वमा गएका किसानहरूले राज्यले किसानप्रति गरेको भेदभाव तत्काल समाधान नगरे केही समयभित्र पर्साभरिका किसानहरूलाई उतारेर कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।

अर्का किसान नेता सहरुमराउत गद्दीले सरकारले किसानहरूले उत्पादन गरेको धानको मूल्य नतोक्नु किसानमाथिको खेलबाड भएको आरोप लगाए ।

धान उत्पादन भएपनि उचित मूल्य नपाउँदा किसानहरू मारमा परेको बताए । उनले भारतबाट किसानहरूले मल चर्को मूल्यमा खरीद गरी गहुँखेती गनुपर्ने भएकोले तत्काल समस्याको समाधान हुनुपर्ने माग गरे । उनले स्थानीय सरकारले पनि किसानहरूका लागि केही नगरेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here