नितेश कर्ण, वीरगंज, १८ मङ्सिर/

पर्सा जिल्लाका बजियान र थरुहट क्षेत्र जोड्ने पर्सागढी नगरपालिका–९ एकटाँगामा निर्माण भइरहेको पक्की पुल ११ वर्ष पुगिसक्दा पनि अधूरै छ । पप्पु कन्स्ट्रक्शनले सडक विभागसँग २०६८ साउन २७ मा यो पुल निर्माणको ठेक्का लिएको थियो ।

ठेक्का सम्झौता अनुसार २०७० साउन २७ मा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म यो पुल निर्माण सम्पन्न हुन सकेको छैन । सडक विभागले रु तीन करोड ३१ लाखको लागतमा पुल निर्माणको टेन्डर आह्वान गर्दा पप्पुले रु दुई करोड १४ लाखमा सकार गरेको थियो । अहिले यो पुलको भौतिक प्रगति ४५ प्रतिशत छ भने आर्थिक प्रगति २२ प्रतिशत रहेको छ ।

पुल निर्माण नहुँदा स्थानीयलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता अहिले पनि विद्यमान छ । यो खोलामा बर्सेनि बाढीको कारण माण्निसहरूको आवतजावत प्रभावित हुँदै आएको छ । बाढीको बेलामा गाउँलेहरूको सडक सम्पर्क पुल नबन्दा हुँदैन । पुलको विषयलाई लिएर स्थानीयले होहल्ला गरेपछि ठेकेदारले कछुवा गतिमा काम देखाउने तर अहिलेसम्म पूरा भने गरेको छैन । पुल निर्माण कार्य शुरू भएको एक दशकभन्दा बढी समय लाग्दा पनि पुल निर्माण सम्पन्न नहुँदा यस भेगका मानिसहरू अहिले निरुत्साहित भएका छन् ।

सडक विभागले समयमा कार्य सम्पन्न नभएको भनी मौखिक, लिखित ताकेताका साथ सार्वजनिक सूचना पनि प्रकाशन गर्दै आएको छ तर ठेकेदारले भने कुनै सुनवाइ गरेको छैन । ठेकेदारले भने वेल फाउन्डेशन धसाउने क्रममा सा¥हो माटो परेको र स्थानीयको विरोधका कारण काममा ढिलाइ भएको सडक विभागलाई दुईवटा कारण देखाउँदै आएको छ । ताकेता परेको बेलामा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउने तर काम भने पूरा नगरेको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here