प्रस, पंचगावाँ, १८ मङ्सिर/

जीराभवानी गाउँपालिका कार्यालयमा आज स्थानीयले ओरिया खोलाको अवैध उत्खनन रोक्न भनेर निवेदन दिएका छन् ।

नेसार समानीलगायतका स्थानीयहरूले हस्ताक्षर गरी ओरिया खोलाको अवैध उत्खनन रोक्न निवेदन दर्ता गराएका हुन् । उनीहरूले ओरिया खोलाको दोहन भइरहेको र गाउँपालिका, स्थानीय प्रहरी मूकदर्शक बनेको आरोप लगाएका छन् । गाउँलेहरूले ओरिया खोलाको ठेक्का नभएको अवस्थामा दैनिक राति ८–१० वटा ट्याक्टरबाट बालुवा उत्खनन हुने र यस कार्यमा प्रहरीको मिलेमतो पनि रहेको आरोप लगाएका छन् ।

ओरिया खोलाको ठेक्का विगत तीन/चार वर्षदेखि हुन सकेको छैन । गापा कार्यालयले ठेक्काको लागि आह्वान गर्ने तर सो दररेटमा कसैले ठेक्का सकार नगरेकाले अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । ठेक्का नलागेको ओरिया खोलामा बालुवा उत्खनन वैध नभएको तर तस्करहरूले राति सुरक्ष्Fाकर्मीहरूलाई प्रभावित गरेर बालुवाको उत्खनन गर्दै आएका छन् ।

यसबारेमा स्थानीयले मौखिकरूपमा गापा कार्यालयलाई बारम्बार जानकारी गराउँदा पनि कारबाई नभएकोले आइतवार लिखित निवेदन दर्ता गराइएको हो । गापा कार्यालयले यसअघि ठेक्का नभएपछि एक वर्ष अमानतमा बालुवा बिक्री गरेको थियो । तर अहिले ठेक्का पनि भएको छैन र अमानतबाट पनि बालुवा उत्खनन भइरहेको छैन । यो अवस्थामा ओरिया नदीको अवैध दोहन जारी छ र सरोकारवाला पक्ष्F मूकदर्शक भएको छ । ओरिया खोलाबाट वार्षिक २० लाखभन्दा बढी राजस्व सङ्कलन हुने गरेको थियो । विगत तीन वर्षदेखि यो आम्दानी घाटामा परिणत भएको छ र यसको फाइदा तस्करहरूले उठाइरहेका छन् ।

गाउँलेहरूले ओरिया खोलाबाट राति ८–१० वटा ट्याक्टरमा बालुवा लोड गर्ने र जगरनाथपुर गापातर्फ लैजाने गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here