प्रमोद यादव, पंचगावाँ, १८ मङ्सिर/

पर्साका ग्रामीण र उत्तरी भेगमा अहिले मौसमी रुघाज्वरोका बिरामीहरू बढेका छन् ।

मौसम परिवर्तन भएसँगै अहिले विशेषगरी भाइरल ज्वरो, रुघाखोकी, बान्ता, कोल्ड डाइरिया, निमोनिया, झाडापखाला, नाक, कान, छाला चिलाउने, चर्मरोग, भिटामिन ‘डी’को कमीले लाग्ने रोग, रक्तचाप, मधुमेह, थाइराइड, घाउ–खटिराका बिरामीहरू बढ्दै गइरहेका छन् ।

सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले पालिकाभित्रका सबै स्वास्थ्य चौकीमा करीब दुई सयजना यस्ता रोगका बिरामीहरू आउने गरेको बताए । उनले सबैभन्दा बढी टाइफाइड, ज्वरो, रुघाखोकी, निमोनिया, झाडापखाला र चर्मरोगका बिरामीहरू आउने गरेको बताए । धेरैजसोलाई प्राथमिक उपचार गरी घर पठाउने गरेको उनले बताए ।

ग्रामीण क्षेत्रमा अस्वस्थकर खानपिन, सरसफाइको कमी, बिहान–बेलुका चीसोमा घुमफिर गर्नु, जोखिमयुक्त काम अत्यधिक गर्ने गरेका कारण यस प्रकारका रोग लाग्ने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

त्यसैगरी, मधुमेह, रक्तचाप, थाइराइड, भिटामिन ‘डी’को कमी र अन्य रोगका बिरामीहरूलाई औषधि प्रदान गर्न स्वास्थ्य चौकीको हकमा सरकारले सूचीकृत नगरेको उनले बताए । उनले पालिकाबाट बजेट विनियोजन नभएकोले यी रोगका औषधिहरू उपलब्ध  हुन नसकेको तर रक्तचाप र मधुमेहको औषधि दिने गरेको स्वास्थ्य संयोजक रौनियारले बताए ।

वडा नं ४ की कलावतीदेवी माझीले मधुमेह, रक्तचाप र थाइराइडका औषधि स्वास्थ्य चौकीमा नरहेको बताइन् । उनले स्वास्थ चौकीमा टाइफाइड, ज्वरोका एन्टिबायोटिक औषधिसमेत नरहेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here